राजनीति

संसद सचिवालयका महासचिवद्वारा सपथ ग्रहण



काठमाडौँ, २३ बैशाख । संसद सचिवालयका महासचिव भरतराज गौतमले पद तथा गोपनियताको सपथ लिएका छन् ।

सोमबार संसदको महासचिवमा नियुक्त भएका गौतमले मंगलबार सभामुख अग्निप्रसाद सापकोटाबाट पद तथा गोपनीयताको सपथ ग्रहण गरेका हुन ।

सपथ ग्रहणपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै महासचिव गौतमले संविधान र कर्मचारी नियमावलीमा भएको व्यवस्थाअनुसार आफ्नो कर्तव्य वफादार भएर निर्वाह गर्ने प्रतिवद्धता जनाए । सपथ ग्रहण कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायतका विभिन्न पार्टीका संसदीय दलका नेता, सचेतक र समिति सभापतिहरुको सहभागिता रहेको थियो । सथपग्रहण पछि गौतमले मंगलबार नै पदभार समेत ग्रहण गरेका छन् ।