राजनीति

मन्त्रिपरिषद् बैठक आज, लकडाउन लम्बिने



काठमाडौँ, २४ वैशाख । सरकारले कोरोना भाइरसको रोकथामका लागि झण्डै डेढ महिनादेखि जारी राखेको लकडाउन पुन थप गर्ने भएको छ । कोरोना जोखिम अहिले पनि उच्च रहेको भन्दै सरकारले एक साताभन्दा बढी लकडाउन लम्ब्याउने तयारी गरेको हो ।

कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समन्वय समितिको मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले लकडाउन अवधि थप्नुपर्ने निष्कर्ष निकालेको छ । समितिले लकडाउन लम्ब्याउन सिफारिस गरेसँगै लकडाउन पुन बढ्ने भएको छ ।

समितिको बैठकले तत्काल नै लकडाउन खोल्न नसकिने सुझाव सरकारलाई दिएको छ । बुधबार बस्ने मन्त्रिपरिषद् बैठकले लकडाउन थपबारे निर्णय गर्नेछ । मन्त्रिपरिषद् बैठक बुधबार ११ बजेका लागि बोलाइएको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।