राजनीति

प्रधानमन्त्री ओली तथा अध्यक्ष प्रचण्डबीच भेटवार्ता



काठमाडौँ, २८ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच शनिबार दिउँसो भेटवार्ता भएको हो । दुई नेतावीच पार्टी नेताहरुको माग अनुसार स्थायी समिति बैठक, सरकारले ल्याउने नीति तथा कार्यक्रम, बजेट तथा भारतले लिपुलेकमा खोलेको सडक लगायतका विषयमा पनि दुई नेताबीच छलफल भएको बताइएको छ ।