राजनीति

कोरोनासम्बन्धी बहुउपयोगी ‘कोभिडएनपी एप’ सार्वजनिक



काठमाडौँ, २८ वैशाख । कोरोना भाइरस (कोभिड–१९) महामारी रोगको पहिचान, रोकथाम तथा प्रतिकार्यसम्बन्धी जानकारीसहित सङ्क्रमितको  ट्रेसिङका लागि बहुउपयोगी ‘कोभिडएनपी एप’ सार्वजनिक गरिएको छ ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले कोभिड–१९ विपद् व्यवस्थापन केन्द्र (क्राइसिस म्यानेजमेन्ट सेन्टर)बाट निर्माण गरिएको उक्त एप शनिबार सार्वजनिक गरेका हुन् । केन्द्रका संयोजक उपप्रधानमन्त्री पोखरेलले एपमा सर्वसाधारणको पहुँच बढाउनुपर्नेमा जोड दिए ।

“यो प्राविधिक विषय भएकाले सर्वसाधारण नागरिकले सरल र सहज ढङ्गले बुझ्ने र प्रयोग गर्न सक्ने वातावरण सिर्जना गर्नुपर्छ”, उनले थपे, “कोभिडएनपी एप प्रयोगका सम्बन्धमा पनि विभिन्न सञ्चार माध्यमबाट सूचनामूलक सामग्री प्रकाशन प्रसारण गर्न जरुरी छ ।” यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।