विचार/ब्लग

डा. बाबुराम भट्टराईलाई पाठक पत्र



पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई ज्यू, नमस्कार !

आज तपाईलाई सम्झेर एउटा कथाको सम्झना आयो । हाम्रो छिमेकमा एउटा खन्चुवा छ । सधैं मासु त्यसमा पनि हाड बिनाको फलमासु खानु पर्ने । गजबको आइडिया लगाएछ । मासु पसलमा मासु किन्दा श्रीमती सुत्केरी छ भन्ने बहानामा सधैं फल मासु छानी छानी किन्दोरहेछ ।

उसको झुट पत्ताउने हो भने महिनै पिच्छे उसको श्रीमती सुत्केरी हुंदो रहिछ । बिचरा मासु खान श्रीमतीको बदनाम । अर्को एकजना अल्छी जागिरे रहेछ । सधैं हाकिमलाई बुबा बिरामी हुनुभो भनेर ढाटेंर घर बिदामा बस्दो रहेछ । कुरा बुज्दै जाँदा अफ्नो स्वार्थको लागि आफ्नै बाबुलाई ३र३ महिनामा बिरामी बनाउदो रहेछ। अचेल सोसियल मिडियामा डा बाबुराम भट्टराईले श्रीमती हिसिला यामीको दुर्घटना भएको भनेर फोटो पोष्ट गरेको देखियो ।

कुरा बुज्दै जाँदा हिसिला जी ६ महिना अघाडी बालकुमारी खरिको बोटमा दुरघटना भएको र बी एण्ड बीएउटा हस्पिटलमा उपचार गरेको रहेछ । पुर्ब फस्ट लेडी हिसिला यामी एसियाकै भ्रष्ट महिला भनेर नाम आइरहेको र पछिल्लो बोली र हर्कतले बाबुराम भट्टराई दिन प्रतिदिन बदनाम भैरहेको बेलामा सहानुभुती लिन हो या अरु छदमी फाइदा लिन हो । श्रीमतीलाई ६/६ महिनामा दुर्घटनामा पार्ने बाबुरामको आइडिया मान्नै पर्छ ।

बिकि साहु श्रेष्ठ