राजनीति

सूर्यविनायक नगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिकःकोरोनासंग लड्दै कृषिमा जोड



भक्तपुर,५ असार । सूर्यविनायक नगरपालिकाका मेयर वासुदेव थापाले सातौ नगर सभामा प्रस्तुत गरेको आर्थिक वर्ष २०७७ –०७८ को १५५ बुँद्धे वार्षिक नीति तथा कार्यक्रम नगरसभाले पारित गरेको छ । मेयर थापाले सभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रमा कोरोना विरुद्धको संघर्षलाई उच्च प्राथमिकता दिदै कृषि उत्पादनमा जोड दिएको छ ।

नीतिमा भनिएको छ –कोरोना महामारीको यस विषम परिस्थितिमा नगरसरकारको पहिलो प्राथमिकता नगरवासीको स्वास्थ्य सुरक्षा र जीवन रक्षा रहेको छ । चालु आर्थिक वर्षको अन्तिम चौमासिकमा नोवेल कोरोना भाइरसका कारण जुध्नु परेको असहज परिस्थितिलाई मध्य नजर गरी आर्थिक वर्ष ०७७ । ०७८ को नीति तथा कार्यक्रम र बजेट बाट यथोचित शम्बोधन गर्ने रणनीति नगर सरकारको रहनेछ । त्यसरी नै पारित नीतिमा अगाडी भनिएको –कोरना भाइरसका कारण विश्व अर्थतन्त्रका साथै नेपालको अर्थतन्त्रमा समेत चालु आर्थिक वर्षमा गम्भीर असर पारेको देखियो । यसको भय र सन्त्रास वाँकी नै रहेकाले आगामी आर्थिक वर्षमा समेत यसले अथतन्त्रमा आघात पार्ने निश्चित छ । कोरना महामारीको असरलाई न्यूनीकरण गर्दै जनजीवन सामान्य बनाउने कार्य चुनौतीपूर्णछ ।

त्यसरी नै कृषिको र उत्पादनमा क्षेत्रमा पारित नीतिमा यसो भनिएको छ –बन्दाबन्दीको अवस्थाले नगरक्षेत्रको कृषि प्रणाली र पशुपन्छीको व्यवसायिक क्रियाकलापमा नकरात्मक असर परेको छ । आगामी दिनहरुमा स्थानीय रोजगारी अवस्थाको सुनिश्चितता प्रदान गर्दै कृषकहरुको उत्पादनलाई आमउपभोक्तासम्मको सहज पहूच स्थापित गर्ने नीति लिइनेछ । कुषि उत्पादनलाई आधुनिकरण गर्न उन्नत जातको विउबिजन,कृषि औजार र सामाग्रीहरु कृषक तथा कृषक समूहहरुलाई लागत साझेदारीमा वितरण गरी कृषि क्षेत्रको उत्पादन तथा उत्पादकत्व बृद्धि गर्ने नीति लिइनेछ ।
१५५ बुँद्धे पारित नीति तथा कार्यक्रममा नगर स्वास्थ्य सेवा, नगर सेवा प्रवाह,कुषि तथा पशुपन्छी, शिक्षा युवा तथा खेलकूद, धर्म,संस्कृति र पर्यटन,सडक यातायात पूवाधार, पूर्वाधार तथा शहरी विकास रहेका छन् । त्यसरी नै वातावरण तथा सरसफाई , वन तथा जलाधार, विपद जोखिम न्यूनीकरण , लैङिक समानता, संस्थागत क्षमता विकास, वित्तीय अनुसासन र मितव्ययिता, आन्तरिक स्रोत परिचालन,सहकारी सम्बन्धी , नगर खाद्य सुरक्षा, नगर प्रमुख रोजगार, र कार्यक्रम तथा बजेट पुनः प्राथमिकरण रहेको नगरपालिकाका प्रवक्ता उपेन्द्र केसीले जानकारी गराउनु भयो ।
शुभकामना मन्तव्य दिने क्रममा नगरसभाका प्रमुअ अतिथि सांसद तथा पूर्वमन्त्री महेश बस्नेतले सूर्यविनायक नगरपालिकाको नगरसभाको कार्यक्रम शैली स्थानीय तहको उत्कुट अभ्यास भन्नु भयो । र उहाँले नगरपालिकाले व्यवस्थित तरिकाले कोरान्टाइनको व्यवस्थापन गरेको समेत वताउनु भयो ।

प्रदेश सभासद शशिजङ थापाले यो महामारीमा पहिला नागरिक वाच्नु प¥यो, त्यसपछि मात्रै पूर्वाधार भन्दै प्रदेशको बजेट सूर्यविनायकमा जिल्लाका अरु नगरपालिका भन्दा धेरै पार्न सफल भएको वताउनु भयो । कार्यक्रममा प्रदेश सभासदहरु सरसस्वती वाटी, रजनी जोन्छे, कृष्णभक्त भडेल पनि शुभकामना दिनु भएको थियो । त्यसैरी संघीय मामिला तथा स्थानीय मन्त्रालयका सचिव सूर्य प्रसाद गौतप, जिल्ला समन्वय समिति भक्तपुरका संयोजक नमराज गेलाल, चाँगुनारायण नगरपालिकाका मेयर सोम प्रसाद मिश्रनेकपा भक्तपुरका जिल्ला अध्यक्ष बचन देउजा, कांग्रेसका जिल्ला सचिव निशान ढुगेल,  ,नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुर सभापति पुष्कर बुढाथोकी लगायतले शुभकामना मन्तव्य दिनु भएको थियो ।