राजनीति

मन्त्री नेम्वाङको कोरोना रिपोर्ट नेगेटिभ



काठमाडौँ, २० भदौ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङको कोरोना संक्रमण (कोभिड–१९)को रिपोर्ट नेगेटिभ आएको छ ।

मन्त्रालयका सचिव देवेन्द्र कार्कीलाई कोरोना भाईरस संक्रमण भएको पुष्टि भएका कारण मन्त्री नेम्वाङको पनि कोरोना परिक्षण गरिएको थियो । सचिव कार्कीको पोजेटिभ रिपोर्ट आएसंगै मन्त्री नेम्वाङ होम आइसोलेशनमा बस्नुभएको थियो । उहाँ आजको मन्त्रिपरिषद्को बैठकमा समेत सामेल हुनुभएको थिएन । मन्त्रि नेम्वाङको पीसीआर परीक्षण रिपार्ट नेगेटिभ आएको डा. विमलेश कुमार झाले जानकारी दिनुभएको छ ।

केहि दिन अघि आएको रिपोर्टमा सचिव कार्कीलाई कोरोना पोजेटिभ देखिएको थियो । सचिव कार्की हाल ह्याम्स अस्पतालमा उपचार गराईरहनुभएको छ । उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको समेत बताइएको छ ।

मन्त्रालयको काममा निरन्तर रुपमा खटिरहनुभएका सचिव कार्कीलाई कोरोना कहाँबाट सर्यो भन्ने एकिन हुन सकेको छैन । तर, पछिल्लो समय उहाँको सम्पर्कमा आएका सबैलाई सर्तक रहन र स्वाब परीक्षण गर्न आग्रह गरिएको छ ।