Banner News

प्रचण्डले देशलाई अस्थिरताको भुमरीमा धकेले: मन्त्री साह



काठमाडौँ, १४ पौष । नवनियुक्त शहरी विकासमन्त्री प्रभु साहले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्प कलम दाहाल प्रचण्डले दुई अध्यक्षीय प्रणली अंगिकार गरेर देशलाई अन्त्यहीन अस्थिरताको भुमरीमा धकेलेको गणतन्त्रप्रति नै अविस्वास बत्रढाएर प्रतिगमनको आधार तयार गरेको बताउनुभएको छ ।

उहाँले स्पष्टिकरणमा दुई अध्यक्षको भागबन्डा नै पार्टीको मुख्य समस्या भएको औँल्याउनु भएको छ । उहाँले देश र जनताको इच्छबिपरित पार्टीको विननिर्णय संसदीय दलको बैठक नै नबसी फरक समय र प्रयोजनका लागि संसद सदस्यहरुको हस्ताक्षर हरुलालाई आफ्नै सरकारबिरुद्ध अबिस्वासको प्रस्ताव एवम् संसद विघटनसम्म पुर्याएको बताउनु भएको छ । त्यसैकारण पार्टी एकताको प्रकृया पूरा नहुँदै पार्टी क्षतिबिक्षत अवस्थामा पुगेको उहाँले बताउनु भएको छ ।

त्यस्तै अध्यक्ष प्रचण्डले गलत र सही पक्षहरुको गम्भीर समिक्षा नगरि पुरानै गल्तीहरु पुनारावृती गरेका कारण पार्टी अहिलेको स्थितीमा पुगेको शाहको भनाइ छ । अध्यक्ष दाहालले माधवकुमार नेपाललाई अध्यक्ष बनाएर भागबण्डाकै कारण सिद्ध गरेको उहाँको भनाइ छ ।