Banner News

उपेन्द्र यादव पक्षले पायो जसपाको आधिकारिकता



काठमाडौँ, ११ साउन । जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता उपेन्द्र यादव पक्षले पाएको छ ।

५१ कार्यकारिणी सदस्यमा ३४ जनाले निर्वाचन आयोगमा उपस्थिती भए पश्चात आज आयोगले यादव पक्षलाई आधिकारिकता दिएको हो । महन्त ठाकुर पक्षमा भने १६ जनाले समर्थन गरेका थिए । यादव पक्षमा केन्द्रीय कार्यकारिणी समितिका बहुमत सदस्य भएकाले आयोगले उनैलाई आधिकारिकता दिएको हो ।

जसपाको आधिकारिकता बारे निर्वाचन आयोगले सोमबार दुबै पक्षलाई बोलाएको थियो । आयोगले ५१ सदस्यीय कार्यकारिणी समितिलाई आधिकारिकता मान्दै अध्यक्ष उपेन्द्र यादव र अर्का अध्यक्ष महन्थ ठाकुरको पक्षमा ‘हेड काउन्ट’ गरेको थियो । ५१ सदस्यीय मध्ये रेशम चौधरी तटस्थ बसेका थिए । डिल्ली बजार कारागारमा रहेका चौधरीलाई कडा सुरक्षाबीच आयोगमा उपस्थित गराइएको थियो तर उनले दुबै पक्षमा सनाखत गरेनन् ।

पक्ष बिपक्षमा भएका ५० जना मध्ये यादवको पक्षमा ३४ जना र ठाकुरको पक्षमा १६ जना कार्यकारिणी सदस्यले हस्ताक्षर गरेका थिए ।