Banner News

गृहमन्त्रीलाई ओलीले भने-एमसीसीका विषयमा हामी स्पष्ट छौँ, पहिला एमालेलाई न्याय दिनोस



काठमाडौँ, ११ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री बालकृष्ण खाँणलाई एमसीसीको विषयमा एमाले स्पष्ट रहेको बताए छन् ।

अध्यक्ष ओलीलाई भेट्न आज बिहान बालकोट पुगेका गृहमन्त्री खाँणलाई उनले एमसीसीको विषयमा एमाले स्पष्ट रहेको सन्देश दिएका हुन् ।

अध्यक्ष ओलीका प्रेस विज्ञ रामशरण बजगाईँले भेटवार्ताबारे भनेका छन, “गृहमन्त्रीज्यूले एमसीसी संसद्बाट अनुमोदन गर्न सहयोग माग गर्नुभयो” “अध्यक्षज्यूले एमसीसीका विषयमा एमाले स्पष्ट रहेको तर एमसीसी प्रक्रियामा सहभागी हुन पहिला एमालेलाई न्याय दिनुपर्ने बताउनुभयो ।”

प्रतिनिधिसभाको बिहीबार बस्ने बैठकमा एमसीसीबारे बहस हुँदै छ र बिहीबार नै अनुमोदन गर्ने तयारी गरिएको छ । सत्तारुढ पाँच दलमध्ये एमसीसी अनुमोदन गर्ने पक्षमा नेपाली काँग्रेस मात्र रहेको छ । एमसीसीलाई लिएर सरकार अप्ठेरोमा परेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले आज गृहमन्त्री खाँणलाई सहमति जुटाउन एमाले अध्यक्ष ओलीसँग छलफलका लागि पठाएका हुन ।