Banner News

पल शाह प्रकरणमा पक्ष-विपक्षमा प्रदर्शन नगर्न मानव अधिकार आयोगको आग्रह



काठमाडौँ, २० फागुन । राष्ट्रिय मानव अधिकार आयोगले पल शाह प्रकरणमा पक्ष र विपक्षमा प्रदर्शन गर्ने, अभिव्यक्ति दिने र प्रचारबाजी गर्ने काम नगर्न आग्रह गरेको छ ।

आयोगले आज प्रेस विज्ञप्ति जारी गर्दै अनुसन्धान प्रक्रिया चलिरहेको बेला यस प्रकारका गतिविधिले आरोपित र पीडित दुवै पक्षको गोपनीयता र मर्यादामा आँच पुग्नुका साथै अनुसन्धान प्रक्रिया समेत प्रभावित हुनसक्ने जनाएको छ ।