अर्थ

नेप्से ओरालो लाग्यो



काठमाडौँ, २३ असार । पुँजी बजार सूचक नेप्से आज ओरालो लागेको छ ।

आज १६‍.६० अंकले घटेसँगै सूचक २०२७.३२ विन्दुमा पुगेको छ । आज एक अर्ब ८० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

आज दुई सय २९ कम्पनीको ४७ लाख ११ हजारभन्दा धेरै कित्ता सेयर कारोबार भएको छ । म्युचुअल फन्डबाहेक बाँकी सबै समूहको सूचक घटेका छन् । सात करोड ६५ लाख रुपैयाँभन्दा बढीको कारोबारसहित एलआइसी नेपाल अग्रस्थानमा रहेको छ । यसै गरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः अरुण काबेली पावर र शिवम् सिमेन्ट्स छन् ।