अर्थ

घट्यो सुनचाँदीको मूल्य



काठमाडौँ, ३ कार्तिक । आज बजारमा सुन चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन १ सयले घटेर प्रतितोला ९३ हजार १ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने ५ रुपैयाँले घटेर प्रतितोला ११ सय ७० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।