अर्थ

शोधानान्तर घाटा २३ अर्ब ६८ करोड



काठमाडौँ, ४ कार्तिक । शोधानान्तर चालु आर्थिक वर्षको दुई महिनामा २३ अर्ब ६८ करोडले घाटामा गएको छ । देशबाट भित्रनेभन्दा बाहिरिने रकम बढी भएपछि शोधानान्तर घाटामा जाने गर्छ । अघिल्लो वर्षको दुई महिनाको तुलनामा शोधानान्तर स्थितिमा भने केही सुधार भएको देखिएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको दुई महिनाको तथ्यांकअनुसार अघिल्लो वर्षकोभन्दा आयात घटेको तथा रेमिट्यान्स बढेका कारण शोधानान्तर घाटा कम भएको हो ।

अघिल्लो वर्ष दुई महिनामा ९४ अर्ब ८० करोडले शोधानान्तर घाटामा थियो । अमेरिकी डलरमा १८ करोड ५९ लाख शोधानान्तर घाटामा छ । अघिल्लो वर्ष २ महिनामा ८० करोड ९ लाख घाटामा थियो ।