राजनीति

एमालेसँग सरकार गठनबारे छलफल भइरहेकाे छ : कृष्णबहादुर महरा



बाँके, ९ पौष । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता कृष्णबहादुर महराले सरकार गठनका लागि माओवादी केन्द्र र नेकपा एमालेबीच पनि छलफल भइरहेको बताएका छन ।

आज प्रेस सेन्टर बाँकेले नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाटमा उपाध्यक्ष महराले एमालेसँग सरकार गठनका लागि छलफल भए पनि नयाँ सरकार भने गठबन्धनकै बन्ने बताए ।

नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाटमा उपाध्यक्ष महराले राष्ट्रपतिले दिएको समयसीमा आइतवारसम्म सरकार गठनका लागि गठबन्धनभित्रै सहमति जुट्ने विश्वास व्यक्त गरे । प्रधानमन्त्रीका लागि कांग्रेस र माओवादी केन्द्रको दाबीमा अहिलेसम्म सहमति नजुटेको उनको भनाइ छ ।