राजनीति

सुवास नेम्वाङको चुनावी खर्च सार्वजनिक



काठमाडौँ, २६ फागुन । राष्ट्रपति उमेदवार सुवासचन्द्र नेम्वाङले निर्वाचनको खर्च विवरण सार्वजनिक गरेका छन् ।

निर्वाचन प्रतिनिधि महेश बर्तौलामार्फत निर्वाचन अधिकृतको कार्यालयमा बुझाएको खर्च विवरणमा १६ हजार ५०० खर्च भएको उल्लेख छ ।

खर्चको विवरणमा एकपटक एसएमएस गर्दा १० हजार खर्च भएको उल्लेख छ । त्यसैगरी मसलन्दमा ६ हजार ५०० खर्च भएको विवरणमा उल्लेख छ । बिहीबार भएको राष्ट्रपति निर्वाचनमा नेम्वाङ अर्का उमेदवार रामचन्द्र पौडेलसँग पराजित भएका थिए ।