राजनीति

माधव नेपाल प्रतिक्रियावादीहरुको सेवामा समर्पित भए : अध्यक्ष ओली



काठमाडौँ, २६ फागुन । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल प्रतिक्रियावादीहरुको सेवामा समर्पित भएर लागि परेको बताएका छन् ।

आज ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आयोजित पार्टी निकट नेपाल खेलकुद महासंघको नवनिर्वाचन केन्द्रिय कमिटीको सपथ ग्रहण समारोहमा बोल्दै उनले विधि र प्रक्रिया भन्दै नेपालले प्रतिक्रियावादीहरुको सेवाका लागि पार्टी विभाजन गरेर उनीहरुलाई चोइटो बुझाएको बताए ।

उनले राजनीतिमा इमान्दार प्रयास नगरेका कारण माधव नेपालहरुले सफलता हासिल गर्न नसकेको तर्क समेत गरे । अध्यक्ष ओलीले दुई तिहाई पुगेको नेकपालाई कमजोर बनाएर प्रचण्ड, माधव नेपालहरुले राजनीतिमा बेइमानी गरेको बताए । खेलाडीहरुलाई पनि फल खेलेर श्रेष्ठता हासिल हुन्छ भन्ने भ्रम नपाल्न पनि आग्रह गरे ।