Banner News

आयोगले राष्ट्रपतिलाई बुझायो निर्वाचन प्रतिवेदन



काठमाडौँ, २६ फागुन । निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचनमा रामचन्द्र पौडेल निर्वाचित भएको प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले हिजो बिहीबार सम्पन्न राष्ट्रपतिको निर्वाचनबाट नेपाली कांग्रेसका उमेदवार पौडेल निर्वाचित भएको प्रतिवेदन बुझाएका हुन् ।