Banner News

एमाले सचिवालय बैठक बस्दै: यस्ता छन् एजेण्डा



काठमाडौँ, २७ फागुन । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्ने भएको छ ।

आज बिहान साढे ९ बजे ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बैठक बस्ने एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए। उनका अनुसार बैठकमा समसामयिक राजनीतिक, उपराष्ट्रपति निर्वाचन विषयमा छलफल गरिनेछ । आजको बैठकले उपराष्ट्रपतिमा उम्मेदवारी दिने नदिने र दिने भए उम्मेदवार पनि तय गर्ने तयारी छ ।

आज उपराष्ट्रपति पदका लागि मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको छ । यता सत्ता गठबन्धन पनि उम्मेदवार तय गर्न छलफलमा जुट्दै छ ।