समाचार

आगलागीमा परि एकै घरका दुई बालबालिकाको मृत्यु



उदयपुर, २७ फागुन । जिल्लाको रौतामाई गाउँपालिका वडा नम्बर–८ मा आगलागीमा परि एकै घरका दुई बालबालिकाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार शुक्रबार बेलुका ५ बजेतिर घरमा बिजुली सर्ट भएर घर जलेको हो । रामबहादुर बुर्जा मगरको घरमा आगलागी हुँदा उनकी ६ वर्षीया छोरी जस्मिन र छोरा २ वर्षीय रोजनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट घर तथा लत्ताकपडा गरी १० लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । आगो हिजो बेलुका नै निभाइएको प्रहरीले जनाएको छ ।