Banner News

प्रधानमन्त्रीद्ववारा सिन्धुली दुर्घटनामा उद्धारकार्य प्रभावकारी बनाउन निर्देशन



काठमाडौँ, २८ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिन्धुलीमा बस दुर्घटना परि घाइते भएकाहरूको उद्धार कार्य प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।

आज बिहान ओखलढुङ्गाको रुम्जाटारबाट काठमाडौँ आउँदै गरेको बस सिन्धुलीको फिक्कल–४ मा दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु हुनुका साथै २८ जना घाइते भएका थिए ।

प्रधानमन्त्री प्रचण्डले दुर्घटनाका मृतकहरूप्रति भावपूर्ण श्रद्धा सुमन व्यक्त गर्दै भनेका छन्, ‘घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामनासहित उद्धार कार्य प्रभावकारी बनाउन सम्बद्ध सबैमा निर्देशित गर्दछु ।’