राजनीति

राष्ट्रपति भण्डारीको कार्यकाल आइतवार रातिबाट सकियो



काठमाडौ २९ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आइतबार रातिबाट सकिएको छ ।
कार्यकाल सकिए लगत्तै राष्ट्रपति भण्डारी नवनिर्वाचित नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई शपथग्रहण गराएपछि राष्ट्रपति निवास शितलनिवास छोड्नुहुनेछ । लोकतान्त्रिक गणतन्त्र नेपालका लागि दोस्रो कार्यकालका राष्ट्रपति निर्वाचित हुनुभएकी राष्ट्रपति भण्डारी पुनः सङ्घीय संविधान जारी भएपछि तेस्रो कार्यकालका लागि पनि दोहोर्‍याएर निर्वाचित हुनुभएको थियो ।

पहिलो पटक २०७२ साल कार्तिक ११ गते नेपालको व्यवस्थापिका संसद्बाट राष्ट्रप्रमुखमा निर्वाचित हुनुभएकी भण्डारी पुन २०७४ साल फागुन २९ गते दोस्रो कार्यकालका लागि पुनः राष्ट्रपति पदमा निर्वाचित हुनुभएको हो ।
दोस्रो पटक भएको राष्ट्रपति निर्वाचनमा भण्डारीले ३९ हजार २ सय ७५ मत भार प्राप्त गर्नुभएको थियो भने भण्डारीकी प्रतिस्पर्धी कुमारीलक्ष्मी राईले ११ हजार ७ सय ३० मत भार प्राप्त गर्नुभएको थियो।
उहाँ नेपालको संविधान घोषणा भएपश्चात् निर्वाचित हुने पहिलो राष्ट्रपति हुनुहुन्छ भने मुलुकको सर्वोच्च पदमा निर्वाचित हुनुहुने पहिलो र एक्लो नेपाली महिला पनि हुनुहुन्छ।

उहाँ सङ्घीय गणतान्त्रिक अभ्यासमा भण्डारी दुई कार्यकाल राष्ट्रपति बन्नुहुने पहिलो र एक मात्रै महिला मात्रै होइनन्, तत्कालीन अवस्थामा राष्ट्रप्रमुखका रूपमा देशको नेतृत्व गर्ने विश्वकै २६औँ महिला पनि हुनुहुन्छ।