Banner News

नवनिर्वाचित राष्ट्रपति पौडेलद्वारा पद तथा गोपनीयतको शपथ ग्रहण



काठमाडौँ, २९ फागुन । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयतको शपथ ग्रहण गरेका छन् ।

आज काठमाडौँको महाराजगन्जस्थित राष्ट्रपति भवन शीतलनिवासमा शपथ आयोजित समारोह उनले मुलुकको तेस्रो राष्ट्रपतिका रूपमा शपथ लिएका हुन् ।

पौडेललाई सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराए । पौडेल अब पाँच वर्षका लागि शीतलनिवासमै बस्नेछन् । शपथपछि निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो कुर्सी राष्ट्रपति रामचन्द्र पौडेललाई हस्तान्तरण गरेकी छन् ।, राष्ट्रपतिका रूपमा दुई कार्यकाल पूरा गरी विद्यादेवी भण्डारी आजै शीतलनिवासबाट महाराजगन्जस्थित छोरीको निवासमा सर्दै छिन् ।