राजनीति

जनताको अपेक्षा पूरा गर्न एकीकृत रूपमा अघि बढ्नुपर्छ : महामन्त्री शर्मा



काठमाडौँ, ३० फागुन । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अबका पाँच वर्ष जनताको अपेक्षा पूरा गर्नका लागि एकीकृत सोचका साथ अघि बढ्नुपर्ने बताएका छन् ।

आज काठमाडौँमा नेपाल ट्रेड युनियन कांग्रेसले गरेको कार्यक्रममा शर्माले पाँच वर्षसम्म संसद् विघटित नहुने गरी गठबन्धन दलहरू जनताको अपेक्षा पूरा गर्न एकीकृत रूपमा अघि बढ्नुपर्नेमा जोड दिए ।

उनले अहिले बाहिर हल्ला चलेजस्तो मुलुकको आर्थिक अवस्था धेरै नराम्रो नरहेको टिप्पणी गरे ।