राजनीति

सरकारको नेतृत्व तलमाथि हुँदैन : प्रधानमन्त्री दाहाल



काठमाडौँ, ३० फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही सरकारले निरन्तरता पाउने बताएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आज भएको दोस्रो चौमासिक समीक्षामा बोल्दै उनले सरकारको नेतृत्व तलमाथि नहुने बताए ।

उनले भने, ‘यसबीचमा राजनीतिक समीकरणमा फेरबदल आएको छ। तर यसको अर्थ सरकारको नीति फेरिँदैन,’ ‘मन्त्रीहरू फेरिनुहुन्छ, तर सरकारको नीतिगत प्राथमिकता फेरिँदैन। कर्मचारी प्रशासनले पनि ती विषयलाई केन्द्रमा राखेर काम गर्नुपर्दछ।’

उनले वर्तमान सरकार आफ्नो घोषित लक्ष्यमा दृढतापूर्वक अगाडि बढ्ने बताए।‘मैले नेपाल सरकारका सचिवहरूलाई दिएको निर्देशन, संसदमा गरेको सम्बोधन र नेपाल सरकारको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रममा मैले जेजति कुरा भनेको छु। तिनीहरू फेरिँदैनन्। कर्मचारी प्रशासनले पनि ती विषयलाई केन्द्रमा राखेर काम गर्नुपर्दछ,’ उनले भने।