राजनीति

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै



काठमाडौँ, १ चैत । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।

बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा उपराष्ट्रपति निर्वाचन, सरकारमा सहभागीता लगायत विषयमा छलफल हुने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थिति हुन भनिएको छ ।