समाचार

साझा प्रकाशनले माग्यो महाप्रबन्धकका लागि आवेदन



काठमाडौँ, १ चैत । साझा प्रकाशनले महाप्रबन्धकका लागि आवेदन आह्वान गरेको छ । साझा प्रकाशन केन्द्रीय कार्यालय पुलचोक, ललितपुरले महाप्रबन्धकका लागि आवेदन आह्वान गरेको हो ।

रिक्त महाप्रबन्धक पद खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति गरिने भएकाले मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातकोत्तर वा सोसरह उत्तीर्ण गरी सार्वजनिक प्रशासन/व्यवस्थापन/साहित्य/कला/पत्रकारितामा रुचि भएको व्यक्ति हुने पर्ने साझाले जनाएको छ ।