Banner News

उपराष्ट्रपति निर्वाचनको मौन अवधि सुरु



काठमाडौँ, १ चैत । निर्वाचन आयोगले चैत ३ गतेका लागि तय गरेको उपराष्ट्रपति पदको निर्वाचनको मौन अवधि सुरु भएको छ ।

गएराति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि लागु भएको हो । मतदान हुने दिनभन्दा ४८ घण्टाअगावै अर्थात् गएराति १२ बजेदेखि मतदान केन्द्र बन्द नहुन्जेलसम्म निषेधको अवधि लागु गरिएको हो । निर्वाचनका लागि आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी २०७९ फागुन १७ देखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गरिसकेको छ ।

उक्त आचारसंहिताबमोजिम निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न निषेधको अवधि लागु हुने आयोगले जनाएको छ ।