राजनीति

रामसहायको पक्षमा मतदान गर्ने कांग्रेसको निर्णय



काठमाडौँ, १ चैत । नेपाली कांग्रेसले उपराष्ट्रपति पदका उमेदवार रामसहायप्रसाद यादवका पक्षमा मत दिने निर्णय गरेको छ ।

प्रवक्ता प्रकाशरण महतका अनुसार आज बिहान केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकबाट रामसहायका पक्षमा मतदान गर्न सांसदलाई निर्देशन दिने निर्णय गरिएको हो ।