समाचार

चितुवाको आक्रमणबाट २ जना घाइते



पोखरा, १ चैत । चितुवाको आक्रमणबाट पोखरामा २ जना मानिस घाइते भएका छन् ।

जिल्ला वडा प्रहरी कार्यालय वैदामका अनुसार आज बिहान साढे ७ बजे पोखरा १८ भुकुण्डेमा ध्रुव थापा लगायत ७ जनाले सञ्चालन गरेको कालिज फर्ममा पसेर मानिसलाई आक्रमण गरेको हो ।

चितुवाको आक्रमणबाट फर्ममा काम गर्ने रुपा गाउँपालिका ४ बस्ने २८ वर्षीय श्रीकृष्ण मल्ल ठकुरी घाइते भएका छन् । फर्मका २ वटा कालिज समेत मरेको प्रहरीले जनाएको छ । चितुवा फर्मबाट बाहिर निस्कँदा फर्मका ३२ को राजेश तिमिल्सिनालाई समेत घाइते भएको हो । ‘दुवै जना घाइतेको मेट्रो सिटी अस्पताल उपचार भइरहेको छ ।

चितुवालाई स्थानीय मानिस, प्रहरी र वन कार्यालयको टोलीले नियन्त्रणमा लिने प्रयास हुँदा झाडीमा मरेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।