समाचार

ग्यास सिलिन्डर पड्किँदा एक जना घाइते



पाल्पा, १ चैत । पाल्पामा ग्यास सिलिण्डर पड्किँदा एकजना घाइते भएका छन् ।

प्रहरीका अनुसार बगनासकाली गाउँपालिका ८ बराङ्दीमा आज बिहान ८ बजेतिर ग्यास सिलिण्डर पडकिदा ५२ वर्षीया पम्फा घिमिरे घाइते भएकी छिन् ।

घाइते घिमिरेको हात र मुखमा सामान्य चोट लागेको छ भने घरमा सामन्य क्षति भएको छ । स्थानीयको सहयोगमा आगो निभाइका कारण थप क्षति हुनबाट रोकिएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ।