समाचार

गुडिरहेको मोटरसाइकलबाट खसेर महिलाको मृत्यु



सुनसरी, १ चैत । जिल्लाको बर्जु गाउँपालिका–२, ढट्टाटोलमा गुडिरहेको मोटरसाइकलबाट खसेर एक महिलाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार गएराति करिब साढे १ बजे को७प ५६५ नम्बरको मोटरसाइकलबाट खसेर गम्भीर घाइते भएकी बर्जु–३ की ३६ वर्षीया चन्द्रकलादेवी रायको अस्पताल पुर्‍याउनासाथ चिकित्सकले मृत घोषणा गरेको हो ।

उनी गुडिरहेको मोटरसाइकलमा पछाडि सवार थिइन् । सो मोटरसाइकलका चालक एवं मृतक महिलाका श्रीमान्लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।