समाचार

आजको मौसम



काठमाडौँ, ३ चैत । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार देशका केही स्थानमा अहिले हल्का वर्षा भइरहेको छ । अहिले बर्दिया, गोरखा, नुवाकोट, मकवानपुरलगायत स्थानमा वर्षा भइरहेको छ । आज दिनभरि नै मौसममा बदली हुनेछ ।

त्यस्तै आज काठमाडौँमा दिउँसो १/२ बजेपछि वर्षाको सम्भावना छ । अबका एक/दुई दिन देशभर मौसममा बदली हुने छ । देशका केही स्थानमा दिउँसोको समयमा पानी पर्ने सम्भावना बढी हुने छ ।