राजनीति

एकीकृत समाजवादीले उपनिर्वाचनमा उम्मेदवार नउठाउने



काठमाडौँ, २० चैत । नेकपा एकीकृत समाजवादी पार्टीले पनि उपनिर्वाचनमा पार्टीको उम्मेदवार नउठाउने भएको छ । उक्त पार्टीले तनहुँ १ र चितवन २ मा कांग्रेसका उम्मेदवारलाई सघाउने भएको छ भने बारामा जसपा उम्मेदवारलाई सघाउने भएको हो ।

सत्ता साझेदार दलका उम्मेदवारलाई सहयोग गर्नुपर्ने भएकाले पार्टीको उम्मेदवार नउठाएको हो । समाजवादीले तनहुँ १ मा कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई र चितवन २ मा कांग्रेसका जितनारायण श्रेष्ठलाई सहयोग गर्ने भएको छ । तनहुँ १ मा सो पार्टीको समानुपातिक मत ९५० र चितवन २ मा समानुपातिक मत ६१६ मात्रै छ । यस्तै बारा २ मा समाजवादीले जसपा अध्यक्ष उपेन्द्र यादवलाई सहयोग गर्ने भएको छ । यस क्षेत्रमा समाजवादीको समानुपातिक मत १ हजार ९९६ मत रहेको छ ।