राजनीति

धर्नाबारे भ्रम उत्पन्न भयोः नेपाल टेलिकम



काठमाडौँ, ४ बैशाख । नेपाल टेलिकमले केन्द्रीय कार्यालयको प्रांगण बाहिर केही व्यक्तिहरुले धर्ना दिएकोबारे आम सर्वसाधारण र सञ्चारमाध्यममा समेत भ्रम उत्पन्न भएको भन्दै त्यसबारे स्पष्ट पारेको छ ।

टेलिकमका प्रवक्ता शोभन अधिकारीले सोमबार जारी गरेको विज्ञप्तिमा कम्पनीले सेवा विस्तार, मर्मत सम्भार लगायतका कार्य सञ्चालनका लागि आवश्यकता बमोजिम विभिन्न समयमा सेवा प्रदायक कम्पनीसँग सम्झौता गरेर सेवा लिने गरेको उल्लेख छ ।

जसअनुसार सो सम्झौताको समयावधि वा तोकिएको कार्यावधि समाप्तिसँगै उक्त सेवा प्रदायक कम्पनीहरुसँगको दायित्व पनि समाप्त हुने व्यवस्था रहेको विज्ञप्तिमा उल्लेख छ ।