राजनीति

कर्णाली प्रदेशसभा बैठक स्थगित



सुर्खेत,४ बैशाख । आज दिउँसो तीन बजे बस्ने भनिएको कर्णाली प्रदेशसभा बैठक स्थगित भएको छ। सर्वदलीय बैठक नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले सदन सार्ने प्रस्ताव पेश गरेसँगै‌ बैठक स्थगित भएको हो ।

सदन अब वैशाख ७ गते दिउँसो तीन बजे बस्ने भएको छ । उक्त दिन मुख्यमन्त्री शर्माले सरकार विस्तार गरेर तेस्रोपटक विश्वासको मत लिने सम्भावना छ । आइतबारदेखि दुई दल सरकार विस्तारको गृहकार्यमा लागिरहेका छन्।