राजनीति

मन्त्री साउद र राजदूत थम्पसनबीच भेटवार्ता



काठमाडौँ, ५ बैशाख । परराष्ट्रमन्त्री एनपी साउद र नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्पसनबीच भेटवार्ता भएको छ ।

मंगलबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा उनीहरुबीच भेटवार्ता भएको हो । भेटमा उनीहरुबीच दुई देशबीचको सम्बन्धका बारेमा छलफल भएको मन्त्री साउदको सचिवालयले जानकारी दिएको छ ।

राजदूत थम्पसनले मन्त्री साउदलाई बधाई तथा सफल कार्यकालको शुभकामना समेत दिएको जनाइएको छ ।