राजनीति

नागरिकतासम्बन्धी समस्या समाधान हुन्छ : प्रधानमन्त्री दाहाल



बारा, ७ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकताको समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन् ।

उपेन्द्र यादवको चुनावी सभालाई सम्बोधन गर्न बिहीबार बारा पुगेका प्रधानमन्त्री अघिल्लो राष्ट्रपतिले जस्तो अहिलेका राष्ट्रपतिले नागरिकता विधेयकमा अड्चन नल्याउने दाबी गरे ।

उनले भने, “यो पटक हामीले सदनबाट पारित गरेपछि रोक्ने राष्ट्रपति होइन फुकाउने राष्ट्रपति आउनुभएको छ । फुक्ने छ र छिट्टै नागरिकता समस्या समाधान हुनेछ ।” उपेन्द्र यादव देश र मधेशको आन्दोलनको नेता हुनुको नाताले संविधान र देशको रक्षा तथा जनताको अधिकारका लागि आन्दोलनलाई थप अघि बढाउन संसद्मा अनिवार्य व्यक्तित्व भएको प्रचण्डको भनाइ थियो ।