काठमाडौँ, ८ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल जारी रहेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।
टीआरसी विधेयक, संवैधानिक परिषद्लगायतका विषयमा छलफल भइरहेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस्