समाचार

मेलम्चीको पानी वितरण आजदेखि दुुई हप्ताको लागि बन्द



काठमाडौँ, १ जेठ । काठमाडौँ उपत्यकामा आजदेखि दुुई हप्ताको लागि मेलम्चीको पानी वितरण रोकिने भएको छ ।

सिन्धुपाल्चोकको हेलम्बु–१ मा रहेको आयोजनाको मुहान तथा हेडवर्क्समा केही उपकरण जडान तथा मर्मतसम्भार गर्नुपर्ने भएकाले दुई हप्ताका लागि पानी वितरण बन्द हुने मेलम्ची खानेपानी आयोजनाले जनाएको छ ।

आयोजनाकाअनुसार सामान्य बाढी आएको बेला आयोजना सञ्चालनमा नै राख्ने गरी अहिले उपकरण जडान तथा मर्मतसम्भार गर्न लागिएको हो ।