राजनीति

टोपबहादुर रायमाझीलाई ३ दिन प्रहरी हिरासतमा राख्न अनुमति



काठमाडौँ, १ जेठ । जिल्ला अदालत काठमाडौँले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई ३ दिन प्रहरी हिरासतमा राख्ने अनुमति दिएको छ ।

रायमाझीलाई सोमबार प्रहरीले सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएपछि म्याद थपका लागि अदालत लगेको थियो । नक्कली भुटानी शरणार्थी प्रकरणमा वैशाख २० गते पक्राउ पुर्जी जारी भएपछि रायमाझी फरार भएका थिए । उनलाई अनुसन्धानका लागि प्रहरीले आइतबार साँझ काठमाडौंको बूढानीलकण्ठस्थित पासीकोटबाट पक्राउ गरेको थियो । प्रहरीले उनीहरुमाथि अनुसन्धान गरिरहेको छ ।

यसै गरी शरणार्थी प्रकरणमा रायमाझीका छोरा सन्दीपविरुद्ध पनि वैशाख २० गते नै पक्राउ पुर्जी जारी भएको थियो । नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिलेसम्म १३ जना पक्राउ परिसकेका छन् ।