Banner News

‘पपुलिष्ट मुभमेन्ट’ ले संकट समाधान हुँदैन : महासचिव पोखरेल



काठमाडौँ, १ जेठ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘पपुलिष्ट मुभमेन्ट’ ले आजको संकट समाधान नहुने बताएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै नेतृत्व परिवर्तन पपुलिष्ट मुभमेन्टबाट हुन सक्ने भएपनि समाज परिवर्तन विचारधारात्मक जगमा निर्धारित उद्देश्य र लक्ष्यमा आधारित आन्दोलन र अभियानबाट मात्र सम्भव हुने समेत बताएका छन् ।

सोमबार साँझ फेसबुकमा लेख्दै पोखरेलले भनेका छन्,‘ ‘नेतृत्व परिवर्तन पपुलिष्ट मुभमेन्टवाट पनि भएका छन् । तर समाज परिवर्तन विचारधारात्मक जगमा निर्धारित उद्देश्य र लक्ष्यमा आधारित आन्दोलन र अभियानबाट मात्र सम्भव हुन्छ’, ‘नेपालमा आजसम्म सम्पन्न भएका क्रान्तिहरु राजनीतिक परिवर्तनको उद्देश्यमा आधारित थिए । ती क्रान्तिबाट समाज परिवर्तनको उद्देश्य पुराहुने कुरै भएन । तर राजनीतिक परिवर्तनलाई समग्र क्रान्तिका रुपमा बुझ्ने कुराले समाजमा असन्तुष्टि सिर्जना हुनपुग्यो ।’