राजनीति

एकैपटक १० वटा संसदीय समितिको बैठक बस्दै



काठमाडौँ, २ जेठ । आज सङ्घीय संसद् सचिवालयले आज १० वटै विषयगत समितिको बैठक एकै पटक बोलाएको छ ।

बैठक बिहान ९ बजे बस्नेछ । संघीय संसद् अन्तर्गतका विषयगत समितिहरू क्रियाशील हुने भएका छन् । अघिल्लो अधिवेशनको अन्तिम दिनमा संयुक्त समितिसहित १० वटा विषयगत समितिमा रहने सदस्यहरू मनोनयन भए पनि बैठक बस्न भने सकेको थिएन । ज्येष्ठ सदस्यले अध्यक्षता गर्ने आजको बैठकले दलीय आधारमा समितिका सभापति चयनका बारेमा प्रारम्भिक छलफल गर्ने बुझिएको छ ।

समितिको बैठकमा ज्येष्ठ सदस्यले समितिका सदस्यहरूलाई स्वागत गर्ने, एक आपसमा औपचारिक रूपमा परिचय आदान प्रदान हुने र समितिमा आगामी दिनमा हुने छलफल र एजेन्डाका कार्यक्षेत्रका बारे जानकारी गराउने कार्यसूची रहेको छ ।