Banner News

प्रहरीलाई कसैको दबाबमा नपरी काम गर्न निर्देशन दिएको छु : मन्त्री श्रेष्ठ



काठमाडौँ, २ जेठ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणको विषयमा सरकार कुनै पनि दबाबमा पछि नहट्ने बताएका छन् ।

आज राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री श्रेष्ठले नक्कली शरणार्थी प्रकरणमा नेपाल प्रहरीलाई कसैको पनि दबाबमा नपरेर काम गर्न निर्देशन दिइएको जानकारी दिए ।

उनले भने, “नेपाली नागरिकलाई अनागरिक बनाएर भुटानी शरणार्थीको रूपमा विदेश पठाउने र त्यसरी विदेश पठाउने प्रक्रियालाई अघि बढाएर सम्पति आर्जन गर्ने काम भएको कुरामा अहिले सरकाकर, गृह मन्त्रालय र प्रहरीले अनुसन्धानको प्रक्रिया अघि बढाएको छ । यो मुल स्प्रिडलाई केन्द्रबिन्दुमा राखेर यो प्रक्रिया अघि बढाएका छौँ,” ।