Banner News

कांग्रेस ‘हावा न चावा’को पार्टी बन्यो : अध्यक्ष ओली



काठमाडौँ, ३ जेठ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस पार्टी राजनीतिक नभएको टिप्पणी गरेका छन् ।

३० औं मदन–आश्रित स्मृति दिवसका सन्दर्भमा पुरानो पार्टी कार्यालय बल्खुमा आयोजित कार्यक्रममा कांग्रेसलाई ‘हावा न चावा’को पार्टीको संज्ञा दिएका हुन् । उनले देश गम्भीर परिस्थितिमा भएका बेला लामो इतिहास बोकेको कांग्रेस किंकर्तव्यविमूढ बन्न पुगेको बताए।

उनले भने, ‘नेपाली कांग्रेस भन्ने एउटा पार्टी छ, हावा न चावाको ! कुनै राजनीतिक संज्ञा दिन पनि मन लाग्न छाडिसक्यो। त्यो पार्टीलाई हावा न चावाको पार्टी बनाइयो । भोलि उठी कहाँ जाने केही थाहा छैन, के गर्नुपर्ने हो? आज देशलाई कसरी सही बाटोमा लानुपर्ने हो ? त्यो कुरामा छैन । त्यसमा सोच्न सक्ने अवस्थामा छैन । युसको अर्थ हो हाम्रो पार्टी एक्लैले यो अभिभारा वस्तुतः पूरा गर्नुपर्ने छ ।’