राजनीति

राप्रपाद्वारा ललिता निवास जग्गादेखि वाइडबडी काण्डमा मुछिएकालाई कारबाही गर्न माग



काठमाडौँ, ३ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नक्कली भुटानी शरणार्थी प्रकरणका अतिरिक्त यसअघि चर्चामा आएका विभिन्न भ्रष्टाचार काण्डको छानबिन गर्न माग गरेको छ ।

राप्रपाको केन्द्रीय कार्यसमितिको बैठकले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कानुन बमोजिम आकर्षित हुने राज्यविरुद्धको अपराध, ठगी, संगठित अपराध र सरकारी दस्तखत किर्तेलगायतका कसुरमा कारबाही चलाउन माग गरेको छ ।

बैठकले भ्रष्टाचार निर्मूल पार्न क्यान्टोनमेन्ट घोटाला, ललिता निवास जग्गा काण्ड, एनसेल प्रकरण, वाइडबडी काण्ड लगायतका सम्पूर्ण भ्रष्टाचारका घटनामा समेत छानबिन गरी दोषीलाई कानुनको दायरामा ल्याउन माग गरेको छ ।