राजनीति

नक्कली शरणार्थी प्रकरणलाई प्रमाणका आधारमा टुंगोमा पुर्‍याउँछौँ : मन्त्री श्रेष्ठ



काठमाडौँ, ३ जेठ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणलाई तथ्य र प्रमाणका आधारमा निष्कर्षमा पुर्‍याउने प्रतिबद्धता जनाएका छन् ।

आज मन्त्रालयमा नेकपा (एकीकृत समाजवादी)का नेताहरूले शरणार्थी प्रकरणको छानबिन गरी दोषीउपर कारबाहीको माग गर्दै बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै गृहमन्त्रीले दोषीलाई कारबाही हुने बताएका हुन् ।

उनले नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई बाहिर पठाउने र त्यसबाट पैसा संकलन गरी सम्पति आर्जन गर्ने कुरा संगठित अपराध भएको बताए । “नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई बाहिर पठाउने र त्यसबाट पैसा संकलन गरी सम्पति आर्जन गर्ने जुन प्रक्रिया देखिएको छ, यसमा कडा कारबाही गर्ने तहमा हामी छौँ,” उनले भने ।