राजनीति

नक्कली शरणार्थी प्रकरणमा प्रमाण पुष्टि भएसम्म सबैलाई कारबाही गर्नुपर्छ : उपमहासचिव ज्ञवाली



कास्की, ४ जेठ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नक्कली शरणार्थी प्रकरणमा प्रमाण पुष्टि भएसम्म सबैलाई कारबाही गर्नुपर्ने बताएका छन् ।

आज प्रेस चौतारी कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपमहासचिव ज्ञवालीले शरणार्थी प्रकरणमा जोडिएकालाई छानबिन गरेर कारबाही गर्नुपर्ने बताएका हुन् ।

उनले एमालेले शरणार्थी प्रकरणमा जाेडिएकालाई कारबाही गरे पनि कांग्रेसले संरक्षण गरेकाे आराेप लगाए । उनले भ्रष्टाचार जुनसुकै तहबाट भए पनि निष्पक्ष छानबिन गरेर कारबाही हुनुपर्ने बताए ।