राजनीति

सरकारको नीति तथा कार्यक्रम अघि राष्ट्रियसभा बैठक बस्ने



काठमाडौँ, ५ जेठ । सरकारको नीति तथा कार्यक्रम अघि राष्ट्रियसभाको बैठक बस्ने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का संयुक्त बैठकलाई दिउँसो ४ बजे सम्बोधन गर्नु अघि राष्ट्रियसभाको बैठक बस्न लागेको हो । बैठक दिउँसो १ बजे बस्नेछ ।

सो बैठकमा ‘सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली २०७५ संशोधन मस्यौदा समिति’ गठन सबन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशको जानकारी गराउने कार्यक्रम रहेको छ ।

सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार ‘सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली–२०७५ संशोधन मस्यौदा समितिमा राष्ट्रिय सभा सदस्यहरूको मनोनयनसहित समिति’ गठन सम्बन्धि प्रस्तावलाई गोपीबहादुर सार्की आछामीले प्रस्तुत गर्ने छन् ।