Banner News

थप ३० जनामा कोरोना संक्रमण पुष्टि, १३ जना डिस्चार्ज



काठमाडौँ, ५ जेठ । पछिल्लो २४ घण्टामा थप ३० कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपालमा संक्रमितको संख्या १० लाख ३ हजार २८८ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ८९ जना रहेका छन् ।

मन्त्रालयका अनुसार १३ आज जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ९ लाख ९१ हजार १६८ जना रहेको छ । पछिल्लो २४ घण्टामा कसैको मृत्यु भएको छैन । त्यस्तै आजसम्म मृत्यु हुनेको संख्या १२ हजार ३१ जना रहेको मन्त्रालयले जनाएको छ ।